१५ असार २०८३, सोमबार

प्युठानको सौराकोटमा सांसद सूर्य थापाद्वारा टेलिकमको टावर उद्धाटन

714
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

-सलिम मियाँ
बिजुवार, १७ माघ । प्युठानको सरुमारानी गाउँपालिका-५, सौराकोटमा नेपाल टेलिकमको टावर सञ्चालनमा ल्याइएको छ ।

नेपाल टेलिकम तुलसिपुर कार्यालय प्रमुख सन्तोष शर्मा, सरुमारानी गाउँपालिका अध्यक्ष झग बहादुर बिश्वकर्मासहितको उपस्थितीमा संघिय सांसद सूर्य थापाले सेवा शुभारम्भ भएको घोषणा गरे ।

जिएसएम सेवाको नयाँ विटिएस टावर उद्धाटन गर्दै सांसद थापाले नेपाल टेलिकमले जनतालाई दिने सेवा सुलभ,गुणस्तरीय र प्रभावकारी हुनु पर्ने बताएका छन् । यस्तै, सांसद थापाले सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङलाई फोन गरेर प्युठानमा अलपत्र परेका टेलिकमका चार वटा टावरको काम अघि बढाउन ध्यानाकर्षण गराएका थिए ।

फोरजी तथा टुजी दुबै सेवा सहित सौराकोटमा सञ्चालन गरिएको उक्त टावरले सरुमारानी सहित दाङको बंगलाचुली गाउंपालिका र अर्घाखाँचीको सितगंगा नगरपालिका क्षेत्रका उपभोक्ताहरु लाभान्वित भएको दूर सञ्चार कार्यालय प्युठानका कार्यालय प्रमुख निरन्जन श्रेष्ठले जानकारी दिए । ग्रामीण क्षेत्रलाई प्राथमिकतामा राखेर टेलिकमले काम गरिरहेको उनले बताए ।