६ असार २०८३, शनिबार

‘स्किल फेस्ट एशिया–२०२५’का लागि नेपालबाट ५ जना छनोट

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १६ माघ । भारतको बैंगलोरमा हुने अन्तर्राष्ट्रियस्तरको ‘स्किल फेस्ट एशिया–२०२५’ का लागि नेपालबाट ५ जना छनोट भएका छन् ।

स्किल फेस्ट प्रतिस्पर्धाका लागि नेपाल रिजिनल तथा राष्ट्रियस्तरमा थेउरिटिकल तथा पर्टिकल टेस्ट ‘टिभिएस मेकानिकको बादशा’ कार्यक्रम माघ १० देखि १४ गतेसम्म सञ्चालन भएको थियो । जसमा उत्कृष्ट ३० जना टेक्निसियनबीच थेउरिटिकल तथा पर्टिकल टेस्ट प्रतिस्पर्धामा ५ जना छनोट गरिएको हो ।

प्रतिस्पर्धाबाट भक्तपुरस्थित आरडी अटो ट्रेडका राकेश नगखुशी, पोखरास्थित गण्डकी मोटर्सका सुरेश गुरुङ, बाइक मार्ट नेपाल प्रालि खुशिबुका सुजन रायमाझी, महालक्ष्मी इन्टरप्राइजेज टाँडीका सनम महतो र जगदम्बा इन्टरप्राइजेज टेकुका सुजन महर्जन छनोट भएका छन् । विगतमा भएको यस कार्यक्रममा टिभिएस नेपालले ग्लोबली सेकेन्ट पोजिसन हासिल गर्न सफल भएको थियो ।