काठमाडौं, १६ माघ । नेकपा (एमाले) का स्थायी कमिटी सदस्य तथा जनसंगठन समन्वय संयन्त्र संयोजक भानुभक्त ढकालले अहिले नेकपा एमाले नेतृत्वको सरकारले गरेका राम्रा काम देखेर स्थायित्व र स्थीरता विरोधी सल्बलाएका बताएका छन् ।
आज तेह्रथुममा आयोजित पत्रकार सम्मेलनमा ढकालले स्थिरताका लागि एमाले र काँग्रेस मिलेको बताउँदै काँग्रेससँगको सहकार्य २०८४ सम्मै जाने बताएका हुन् । विकास र समृद्धिका लागि सबै षड्यन्त्र परास्त गर्न सरकार सक्षम रहेको उनको भनाइ छ ।
सबैले शहीदले देखाएको बटोमा हिँड्ने प्रण गर्नुपर्नेमा उनले जोड दिए । अहिले एमाले र नेतृत्वविरूद्व चौतर्फी आक्रमण भइरहेको बताउँदै उनले पार्टीलाई एकताबद्व र सुदृढ बनाउन वडा केन्द्रीत जरा अभियान शुरु गरिएको जानकारी दिए । यस्तै सरकारले ल्याएको सामाजिक सञ्जालसम्बन्धी विधेयकबारे स्पष्ट पार्दै उनले सामाजिक सञ्जालाई विधिमा ल्याउनु अधिकार हनन् नभएको बताए । जवाफदेही हुनेगरी नियमन गर्न खोजिएको नियन्त्रण गर्न नखोजिएको उनले प्रष्ट पारेका थिए । ढकालले आजै शहीद नेत्र गुरागाईँको शालिकमा माल्यार्पण पनि गरे । कार्यक्रममा अनेरास्वियूका अध्यक्ष समिक बडाल लगायतको उपस्थिति थियो ।










प्रतिक्रिया