२९ जेष्ठ २०८३, शुक्रबार

इन्डो नेपाल सुजन म्युजिक अवार्ड : रिया बनिन् सर्वोत्कृष्ट नयाँ मोडल

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १६ माघ । ‘इन्डो नेपाल सुजन म्युजिक अवार्ड–२०२४ भारतको राजधानी नयाँ दिल्लीमा सोमबार सम्पन्न भएको छ । लोकसंस्कृतिको जगेर्ना गर्ने उद्देश्यले गरिएको कार्यक्रममा नेपाल र भारतका दर्जनौ कलाकारहरुको उपस्थिति रहेको थियो ।

इन्डो नेपाल सुजन म्युजिक अवार्ड–२०२४’मा विभिन्न विषयहरुमा विजेता कलाकारहरुलाई अवार्ड प्रदान गरिएको छ । कार्यक्रममा लोक दोहोरी गायिका एवं मोडल रिया रेग्मी अवार्ड विजेता बनेकी छन् । रियाले रहर भो गीतबाट सर्वोत्कृष्ट नयाँ मोडलमा अवार्ड हात पारेकी हुन् । कलाकारिताको क्षेत्रमा प्रवेश गरेको २ वर्षमै रिया यो अवार्डसँगै धेरै सफलताहरु हात पार्न सफल भएकी छन् ।

सुजन म्युजिक प्रालिकी अध्यक्ष जमुना रानाका अनुसार भारतमा नेपालीहरुको अवार्ड कार्यक्रम यो दोस्रो पटक आयोजना गरिएको हो ।

इन्डो नेपाल सुजन म्युजिक अवार्ड–२०२४’ सुजन म्युजिक प्रालिको आयोजनामा नेपाल र भारतमा रहेका संगीतकर्मीहरुको नेपाली गीत संगीत प्रतिको योगदानलाई सम्मान गर्न यस वर्ष पनि अवार्ड कार्यक्रम भएको हो । अवार्ड कार्यक्रमको लागि मनोनयन फारम खुल्ला गरेर सम्पूर्ण प्रकिया पूरा गरी भोटिङ गरेर धेरै भोट आएकालाई विजयी घोषणा गरिएको थियो ।

अवार्ड कार्यक्रममा विभिन्न ३३ विधामा अवार्ड वितरण गरिएको छ भने सांगीतिक क्षेत्रमा योगदान दिएका विभिन्न व्यक्ति र स्रष्टाहरूलाई पनि सम्मान गरिएको आयोजक कमिटीकी अध्यक्ष गायिका राना मगरले बताइन् । यस अवार्ड कार्यक्रमको नोमिनेशन नेपालमा भएको थियो भने अवार्डको फाईनल कार्यक्रम भारतको नयाँ दिल्लीमा भएको हो ।

अवार्डका विधाहरूमा राष्ट्रिय भावको गीत, सर्वोत्कृष्ट लोक दोहोरी गीत, सर्वोत्कृष्ट एकल लोकगीत गायक/गायिका, सर्वोत्कृष्ट मौलिक गीत गायक/गायिका, सर्वोत्कृष्ट गायक/गायिका, सर्वोत्कृष्ट मोडल, सर्वोत्कृष्ट नयाँ मोडल, सर्वोत्कृष्ट भाका, सर्वोत्कृष्ट शब्द रचनाकार, सर्वोत्कृष्ट नव गायक/गायिकालगायत गीत संगीतको क्षेत्रमा रहेका सर्वोत्कृष्ट कलाकारहरुको लागि राखिएको छ ।

संगीतप्रतिको योगदानलाई विभिन्न विधामा वर्गीकरण गरी पुरस्कृत गर्ने र यस क्षेत्रमा निरन्तर क्रियाशील वरिष्ठता गीत संगीतकर्मी श्रष्टा एवम् प्रस्तोताहरूलाई सम्मान गर्नका लागि नेपाली गीत संगीतका इतिहासमा यो दोस्रो इन्डो–नेपाल सुजन म्यूजिक अवार्ड–२०८१ को कार्यक्रम आयोजना गरिएको आयोजकको भनाई रहेको छ । यस्तो खालको कार्यक्रमले नेपाली गीत संगीतको क्षेत्रमा क्रियाशील अग्रज श्रष्टाहरुलाई सम्मान तथा गीत संगीतको क्षेत्रमा नेपाल तथा भारतमा क्रियाशील गीत सुरक्षाकर्मीहरुको सहकार्यलाई प्रोत्साहन हुने आयोजक कमिटीको अध्यक्ष रानाले बताइन् ।