१४ असार २०८३, आइतबार

भोलिदेखि प्रदर्शनमा आउन लागेको ‘एक्टर : टेक वन’को प्रदर्शन रोक्न अदालतको आदेश

6.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १५ माघ । काठमाडौं जिल्ला अदालतले फिल्म ‘एक्टर : टेक वन’को प्रदर्शन रोक्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ ।

भोलि बुधबारबाट प्रदर्शनमा आउन लागेको चलचित्रको प्रदर्शन रोक्न न्यायाधीश ढाकाराम पौडेलको एकल इजलासले आदेश दिएको हो । अदालतले माघ २२ गते दुवै पक्षलाई छलफलका लागि पनि बोलाएको छ ।

आदेशमा भनिएको छ, ‘निवेदकको चलचित्र ‘एक्टर’ प्रदर्शन भइरहेको र प्रतिवादी कम्पनीबाट निर्मित चलचित्र प्रदर्शनको संघारमा रहेको भन्ने देखिएकोले उक्त छलफलको अवधिसम्म सुविधा र सन्तुलनको हिसाबले ‘एक्टर स् टेक वन’लाई सो अवधिसम्म प्रदर्शन नगर्नु नगराउनु भनी चलचित्र विकास बोर्ड समेत विपक्षीका नाममा यो अल्पकालीन आदेश जारी गरिदिएको छ ।’

गत माघ ४ गते प्रदर्शनमा आएको फिल्म ‘एक्टर’को प्रस्तुतकर्ता कम्पनी नेपाली डायस्पोरा इन्टरटेन्मेन्टको तर्फबाट सम्राट थापाले आइतबार आफ्नो फिल्मको नाम र कथावस्तु चोरी गरेर ‘एक्टर स् टेक वन’ निर्माण गरेको भन्दै फिल्मको प्रदर्शन रोक्न माग गर्दै जिल्ला अदालत काठमाडौंमा रिट दायर गरेका थिए ।