
संखुवासभा, १५ माघ । नेकपा (एमाले) सङ्खुवासभाले ३ दिने जिल्लास्तरीय प्रशिक्षक प्रशिक्षण कार्यक्रम आयोजना गरेको छ ।
कार्यक्रममा पार्टिको जिल्ला पदाधिकारी तथा सदस्यहरु, जनसंगठनका प्रमुख, पालिका ईन्चार्ज र अध्यक्षहरु सहभागी रहने जिल्ला सचिव गोपाल श्रेष्ठले जानकारी दिएका छन् ।
केन्द्रीय उपाध्यक्ष गुरु वरालको प्रमुख आतिथ्यतामा १४ गतेबाट सुरु भएको प्रशिक्षण कार्यक्रमको पहिलो दिन जनताको बहुदलिय जनबाद, आगामी कार्यदिशाबारे उपाध्यक्ष बरालले प्रशिक्षण दिए ।
त्यस्तै सञ्चार प्रबिधिको विकास र उपयोगीता र महत्व बारे स्थाई कमिटी सदस्य तथा प्रचार बिभाग प्रमुख राजेन्द्र गौतम र नेपालका राजनितिक दलहरुको तुलनात्मक अध्ययनका बिषयमा केन्द्रीय सदस्य तथा स्कुल बिभाग सदस्य सिर्जना काफ्लेले प्रशिक्षण दिएका छन् ।
दोस्रो दिन १५ गते सामाजिक रुपन्तरण र माक्सवादी दर्शन बारे पोलिटब्युरो सदस्य ईश्वरी रिजाल, नेकपाको विकासक्रम र जिल्लाको कम्युनिष्ट आन्दोलन बारे केन्द्रीय सदस्य तथा जिल्ला ईन्चार्ज तुलसी नेउपाने र संगठन निर्माण, ब्यबस्थापन र परिचालन बारे पोलिटब्युरो सदस्य परशुराम मेघी गुरुङले प्रशिक्षणा दिएका थिए ।
जिल्ला समन्वयको सभाहलमा जारी प्रशिक्षण कार्यक्रम १६ गते सम्पन्न हुने नेकपा ९एमाले० सङ्खुवासभाका प्रचार बिभाग प्रमुख नबिन दाहालले जानकारी दिए ।








प्रतिक्रिया