
काठमाडौं, १५ माघ । विश्वकै पहिलो ट्रान्सफर्मर एसयूभी दिपल ई-०७ नेपालमा औपचारिक रुपमा लन्च गरिएको छ ।
एमए डब्लू ग्रुपका अध्यक्ष विष्णु कुमार अग्रवाल, चांगन अटो एसिया प्यासिफिक उपाध्यक्ष गुआनजिन र एमए डब्लु वृद्धिका प्रबन्ध निर्देशक विवेक सिकारियाले संयुक्त रूपमा गाडीको लन्च गरेका हुन् ।
सोमबार काठमाडौंमा एक कार्यक्रमकाबीच एम्ए डब्लू वृद्धि अटोकर्पले दिपल इ-०७ लन्च गरेको हो । कम्पनीले रियर ह्वील ड्राइभ मोडललाई ९९ लाख ९९ हजार रुपैयाँ मूल्य तोकेर बिक्री सुरु गरेको हो ।

यसको फोर ह्वील ड्राइभ भर्सन खोज्नेले भने ठ्याक्कै एक करोड रुपैयाँ बढी तिर्नु पर्ने जानकारी पनि गराइएको छ । फोर ह्वील ड्राइभ ई–०७ को मूल्य एक करोड ९९ लाख ९९ हजार रुपैया तोकिएको छ । मूल्यको हिसावले धेरै लाग्ने यो गाडी ट्रान्सफर्मर मोडल हो । सोही क्रममा एमए डब्लू ग्रुपका अध्यक्ष अग्रवालले एकदमै राम्रो फिचर भएको र सस्तो कार नेपालमा पहिलो पटक लन्च भएको बताएका छन् ।
यसको साथै, उनले यस्तो डिजाइनको कार नेपालको बजारमा ७५ लाखमै उपलब्ध हुनसक्छ भनेर कसैले पनि नसोचेको भन्दै यो एउटा राम्रो उपलब्धी भएको बताए ।
उनले भने, ‘अहिले धेरै प्रविधिहरुको विकास भएको छ । जसले हाम्रो जीवन परिवर्तन गराएको छ । नेपालमा दिपलले मानिसको विचार र सोचलाई परिवर्तन गर्न सफल भएको छ । यो भन्दा पहिला कसैले पनि यो डिजाइनको कार नेपालको बजारमा ७५ लाखमै उपलब्ध हुनसक्छ भनेर सोचेको थिएन होला । यस्तो खालको सुविधा भएको कार नेपालको बजारमा पाउन सकिन्छ भनेर, ९ महिना अगाडिसम्म पनि यतिको पैसामा यस्ता कार आउन सक्ने भन्ने कुरा सोचेको थिएन होला तर अहिले नेपालमा आएको छ । यस्ता खालको फिचर भएको कारा नेपालमा पहिलो पटक लन्च हुदैँछ । ई–०७ ले एस्यूभिबाट अपेक्षा गरेको जस्तो एकदमै राम्रो सुविधाहरु दिनेछ ।’
उनले यसमा दिइएको एयर सस्पेन्सन पनि निकै उपयोगी भएको भन्दै यदि गाडीलाई ग्राउन्ड क्लियरेन्स पुगेन भने सस्पेन्सनले नै ३० एमएमसम्म ग्राउन्ड क्लियरेन्स अवस्था हेरेर बढाइदिने पनि बताए ।
दिपल ई–०७ ‘रियर ह्विल ड्राइभ’ र ‘अलह्विल ड्राइभ’ मा उपलब्ध रहेको पनि बताइएको छ । रियर ह्विल ड्राइभ भेरियन्टमा १९० किलोवाटको मोटर प्रयोग गरिएको छ, जसले २५८ पीएस पावर र ३६५ एनएम टर्क उत्पन्न गर्छ । यसमा ८९.९ किलोवाट आवरको ब्याट्री प्रयोग गरिएको छ । यसले ५ सय ६६ किलोमिटरको सिंगल चार्ज रेन्जदिने जानकारी गराइयो ।
२४० किलोवाट आवरसम्मको फास्ट डीसी चार्जमा जोड्न सकिने यो ईभीलामो यात्राका लागि तुरुन्त रिचार्ज गर्न सक्ने क्षमताको छ । दिपल ई–०७ सेतो, कालो, खरानी र हरियो गरी चार रङमा उपलब्ध छ ।
















प्रतिक्रिया