३० जेष्ठ २०८३, शनिबार

एमाले वाग्मतीले १३ वटै जिल्लामा ‘पुराना जगाऊँ, नयाँ बढाऊँ’ अभियान सञ्चालन गर्ने

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १४ माघ । नेकपा (एमाले) वाग्मती प्रदेश कमिटीको सचिवालय बैठक सोमबार सम्पन्न भएको छ ।

प्रदेश कमिटी अध्यक्ष कैलाश ढुङ्गेलको अध्यक्षता तथा एमाले स्थायी कमिटी सदस्य एवम् वाग्मती प्रदेश इञ्चार्ज राजन भट्टराईको प्रमुख आतिथ्यतामा सम्पन्न भएको बैठकले प्रदेशभर तीन महिने जरा केन्द्रित अभियान सञ्चालन गर्ने निर्णय गरेको छ । प्रदेशका १३ वटै जिल्लामा एकै साथ कार्यक्रम सञ्चालन गर्न लागिएको वाग्मती प्रदेश प्रचार तथा प्रकाशन विभाग प्रमुख भक्तकुमारी लामाले जानकारी दिइन् ।

अभियानका क्रममा ‘पुराना जगाऊँ, नयाँ बढाऊ’ भन्ने नाराका साथ टोल टोलमा मसिनो योजनाका साथ पार्टी कामलाई अगाडि बढाइने लामाले बताइन् । अभियानको अनुगमन गर्ने जिम्मेवारी प्रदेश इञ्चार्ज पाँच जना पदाधिकारीलाई दिने निर्णय बैठकले गरेको छ । बैठकले कम्तीमा तीन महिनामा जिल्ला कमिटीको दुई र पालिका तथा वडा कमिटीको तीन पटक अनिवार्य रूपमा बैठक राख्न निर्देश दिने निर्णय गरेको छ ।

बैठकले सदस्यता नवीकरण र विस्तार, अन्तर्विरोध समाधान तथा व्यवस्थापन, स्थानीय अधिवेशनहरू, जनतासँग जनसंगठन, युवा नेतृत्व विकासका काम अघि बढाउने निर्णय गरेको छ । त्यस्तै वैचारिक तथा राजनैतिक काम, साइवर हमलाको प्रतिवाद, विकास निर्माण र जनसरोकार र रचनात्मक कामहरूलाई अभियानसँगै जोडेर लैजाने निर्णय बैठकले गरेको लामाले जानकारी दिइन् ।