
काठमाडौं, १४ माघ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले कास्की जिल्ला अदालतको निर्णय विरुद्ध उच्च अदालत पोखरामा निवेदन दर्ता गराएका छन् ।
सूर्यदर्शन सहकारी ठगी प्रकरणमा कास्की जिल्ला अदालतले लामिछानेलाई ६५ लाख धरौटीमा रिहा गरेको थियो । अदालतले तोकेको धरौटी रकमविरूद्व रविले उच्च अदालतमा निवेदन दिएका हुन् ।
जिल्ला अदालतको बेरितको आदेश बदर गरि दफा ६९ बमोजिम साधारण तारेखमा रिहा गर्न माग गर्दै लामिछानेले निवेदन दिएका हुन् ।
दिनभरका मुख्य–मुख्य समाचारका हेडलाइनहरू–








प्रतिक्रिया