६ असार २०८३, शनिबार

खोटाङमा एकीकृत समाजवादी परित्याग गरी ६० जना एमालेमै फर्किए

196
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

खोटाङ, १४ माघ । खोटाङमा ६० जना नेता कार्यकर्ताहरू नेकपा (एकीकृत समाजवादी) परित्याग गरी नेकपा (एमाले) मै फर्किएका छन् ।

जन्तेढुंगा गाउपालिका कमिटीले चिसापानी बजारमा आयोजना गरेको मुल घर फर्क अभियान अन्तर्गतको कार्यक्रममा एकीकृत समाजवादी परित्याग गरी ६० जना एमालेमै फर्किएका हुन् ।

एमालेमा समाहित हुनुहुनेहरूमा सुमन पुमा राई, मिलन राई, प्रकाश राई, जसपाल राई, दुर्गा खत्री, गणेश बस्नेत, प्रेमकुमार राई , बिजयप्रकाश राई लगायत छन् ।

उनीहरूलाई एमाले पोलिट्ब्यूरो सदस्य बिशाल भट्ट्राई, केन्द्रीय सदस्य उषाकला राई लगायतले पार्टीमा स्वागत गरे । एमालेमै फर्किनु भएकाहरूलाई शुभकामना दिँदै पोलिट्ब्यूरो सदस्य भट्टराईले सामाजिक सन्जालमा मनपर्दो लेख्दै गालीगलौज गर्दैमा एमाले तल नपर्ने स्पष्ट पारे ।

गाउँमा एमालेप्रतिको आकर्षण बढोत्तरी भएको छ र भ्रमका खेतीले जनतालाई किन्चित पनि नछोएको उनको भनाइ छ । खोटाङ जिल्लाभर मूल घर फर्क अभियान निरन्तर चल्ने पनि उनले जानकारी दिए ।