२४ जेष्ठ २०८३, आइतबार

संसदमा एकमतका साथ प्रस्तुत हुने सत्तारूढ दलहरूको निर्णय

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १४ माघ । सत्तारुढ दलहरूले संसद बैठकमा एकमतका साथ प्रस्तुत हुने निर्णय गरेका छन् ।

आज बसेको बैठकले संसदमा अध्यादेशका विषयमा एक मतका साथ प्रस्तुत हुने निर्णय गरेको हो । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले संसद्को हिउँदे अधिवेशनलाई बढीभन्दा बढी कानुन निर्माण गर्ने अधिवेशनका रूपमा अघि बढाउने निर्णय पनि गरेको एमालेका प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिए।

बैठकपछि बर्तौलाले भने, ‘हिउँदे अधिवेशनलाई कसरी प्रभावकारी बनाउने भन्ने मुख्य कुरा थियो। सरकारले अध्यादेश जारी गरेको छ। अध्यादेशले आम रूपमा एउटा सकारात्मक सन्देश सम्प्रेषण गरेको छ। निजी क्षेत्रलाई उत्साहित बनाएको छ। यसमा पनि छलफल भएको छ। सत्तारुढ दलमा यसमा कुनै कन्फ्युजन छैन। संसदमा सिंगो सत्तापक्ष एकरूपताका साथ अघि बढ्ने निर्णय भयो।’

बैठकमा प्रधानमन्त्रीसहित नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहदुर देउवा, एमालेका उपाध्यक्ष एवं उपप्रधानमन्त्री विष्णुप्रसाद पौडेल, कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का, लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुर, नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठ, जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त (सिके) राउत, जनता समाजवादी पार्टी नेपालका नेता राजकिशोर यादव तथा संसदीय दलका प्रमुख सचेतहरू सहभागी थिए।