२९ जेष्ठ २०८३, शुक्रबार

सामसङको ९ केजी फ्रन्ट–लोड वासिङ मेसिन नेपाली बजारमा, यस्तो छ अफर

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १४ माघ । सामसङले हालै आफ्नो प्रिमियम बिस्पोक एआई दायरा विस्तार गर्दै नयाँ बिस्पोक एआई ९ केजी फ्रन्ट–लोड वासिङ मेसिन नेपाली बजारमा ल्याएको छ । ठूला लोडहरूको लागि पूर्ण रूपमा उपयुक्त रहेको ९ केजी बिस्पोक फ्रन्ट–लोड वासिङ मेसिनले उपभोक्ताहरूलाई सजिलै दैनिक लुगा धुने व्यवस्थापन गर्न, समय बचत गर्न र धुने क्षमतामा सम्झौता नगरी सुविधा बढाएको छ ।

एआई एनर्जी, एआई कन्ट्रोल, एआई इकोबबल र सुपर स्पिड जस्ता उन्नत प्रविधिहरू प्रस्तुत गर्दै यी वासिङ मेसिनहरूद्वारा लुगा धुने कामलाई काम जस्तो नलाग्ने बनाउने लक्ष्य राखेका छन् । सुपर स्पिड टेक्नोलोजीले, जेटलाई लुगा धुने प्रक्रियालाई गति दिन कपडामा पुग्न मार्गदर्शन दिने नजलको प्रयोग गरी वास साइकललाई ३९ मिनेट सम्ममा पूरा गर्दछ र हाइजीन स्टीमले ९९.९ प्रतिशत ब्याक्टेरिया र एलर्जीहरू हटाउँछ । यसमा लुगा धुने प्रक्रियालाई अझ प्रभावकारी बनाउन र ऊर्जा खपतलाई ७० प्रतिशतसम्म घटाउनको लागि एआई एनर्जी मोड पनि समावेश छ । एआई कन्ट्रोलले प्रयोगकर्ताको वाशह्याबित सिक्छ, र पर्सनलाइज्द साइकलको सुझाव दिई सम्पूर्ण प्रक्रियाको प्रयोगकर्तालाई जानकारी गराउने प्रणालीमार्फत लन्ड्रीलाई सरल बनाउँछ । त्यसपछि छ सामसङको इनोभेतिव एआई इकोबबल टेक्नोलोजी, जसले मेसिनमा डिटर्जेन्टहरूलाई बबलमा रूपान्तरण गरी कपडाको फोहोरलाई कम तापक्रममा पनि कपडाहरूलाई नरम र प्रभावकारी धुलाई दिन्छ ।

डिजिटल इन्भर्टर टेक्नोलोजी (डीआईटि)ले यी वाशिङ मेसिनहरूमा २० वर्षको वारेन्टी र अत्यधिक स्थायित्वका साथ शान्त, ऊर्जा–दक्ष कार्यसम्पादन सुनिश्चित गर्दछ । स्लिक र आधुनिक बिस्पोक डिजाइनले कुनै पनि घरलाई पूरक बनाउनको साथै एक वासमै ठूला लोडहरू ह्यान्डल गर्न सक्छ ।

मूल्य र उपलब्धता

दुई मोडलमा उपलब्ध— सामसङको नयाँ ९ केजी फ्रन्ट–लोड वाशिङ मेसिनहरूको मूल्य १०१,९९० बाट सुरु हुन्छ र प्रिमियम लन्ड्री सलुसनहरू पहुँच भित्र ल्याउँदै सामसङले २० प्रतिशतसम्म क्यासब्याकको साथ स्पेसल अफर उपलब्ध गराएको छ । यी उपकरणहरू, ० प्रतिशत ब्याज ईएमआई अफर रहेको सामसङ इन्स्टा फाइनान्समार्फत खरिद गर्न सजिलो बनाइएको छ ।

लुगा धुने अनुभवलाई अपग्रेड गर्न खोज्ने उपभोक्ताहरूको लागि यस बिस्पोक एआई वाशिङ मेसिन दायरामा सजिलो सँग अपग्रेड गर्न एक्सचेन्ज अफरहरू पनि उपलब्ध छ । यी नयाँ लन्च भएको ९ केजी वासिङ मेसिनमा एक्सचेन्ज गरी अपग्रेड गर्ने उपभोक्ताहरूले एक्सचेन्ज पार्टनर अर्कोस्टोरमार्फत ३००० रुपैयाँसम्मको एक्सचेन्ज बोनस प्राप्त गर्न सक्छन् ।

यो अफर आधिकारिक वितरक हिम इलेक्ट्रोनिक्स प्राइवेट लिमिटेड र आधिकारिक रिसेलर त्रिवेणी व्यापार प्राइवेट लिमिटेडद्वारा डिलर नेटवर्क प्यान नेपालभर उपलब्ध गराइएको छ ।