२३ जेष्ठ २०८३, शनिबार

लक्ष्मी सनराइज बैंकको अगुवाइमा बन्ने भयो घुन्सा खोला जलविद्युत आयोजना

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १४ माघ । लक्ष्मी सनराइज बैंकको अगुवाइमा सहवित्तीयकरणमा सहभागी बैंकहरु र रेमिट हाइड्रोबीच ताप्लेजुङस्थित घुन्सा नदीमा निमार्ण गर्ने ७७.५ मेगावाट क्षमताको घुन्सा खोला जलविद्युत आयोजनामा लगानी गर्ने सम्झौता सम्पन्न भएको छ । आयोजनाको कुल लागत १८ अर्ब १३ करोड रुपैयाँ रहेको छ । यो सहकार्यले नेपालको नवीकरणीय उर्जा परिदृश्यमा महत्वपुर्ण भूमिका खेल्नेछ ।

घुन्सा खोला जलविद्युत आयोजनाले साउन ८, २०७९ मा विद्युत विकास विभागबाट आयोजना निर्माणको लागि विद्युत उत्पादनको अनुमति पत्र लिनुका साथै वैशाख २१, २०८१ मा नेपाल विद्युत प्राधिकरणसँग विद्युत खरिद बिक्री सम्झौतासमेत गरिसकेको छ । कम्पनीको मुख्य प्रवद्र्धकको रुपमा नेपाल विद्युत प्राधिकरण, हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी र विद्युत उत्पादन कम्पनीको संयुक्त लगानी ५१ प्रतिशत हुनेछ ।

परियोजना निमार्णको लागि लक्ष्मी सनराइज बैंकको नेतृत्वमा सहवित्तीयकरणमा सहभागी बैंकहरुले परियोजना लागतको ७० प्रतिशत लगानी गर्ने प्रतिवद्धता जनाएका छन् भने बाँकी ३० प्रतिशत रकम कम्पनीका संस्थापक तथा साधारण प्रवद्र्धकहरुबाट लगानी रहनेछ । लक्ष्मी सनराइज बैंकको प्रोजेक्ट फाइनान्स (टर्म लोन) प्रतिवद्धता ५ अर्ब रहेको छ भने सहवित्तीयकरणमा सहभागि अन्य बैंक तथा वित्तिय संस्थाहरु मध्ये हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनीको ३ अर्ब, नागरिक लगानी कोषको २ अर्ब, माछापुच्छ्रे बैंकको १ अर्ब ४४ करोड र एभरेष्ट बैंकको १ अर्ब २५ करोडसमेत गरी जम्मा १२ अर्ब ६९ करोड ४० लाख रहेको छ ।

आयोजना डिसेम्बर २०३० भित्र निर्माण सम्पन्न भई विद्युत उत्पादन भए पश्चात वार्षिक करिब ४६२.२८ गिगावाट आवर इनर्जी विद्युत राष्ट्रिय प्रसारण लाइनमा जडान हुँदा यो नेपाल सरकारको जनताको जलविद्युत कार्यक्रम– नेपालको पानी जनताको लगानी जलविद्युत आयोजनामा थप टेवा पुग्ने विश्वास लिइएको छ ।