२ असार २०८३, मंगलबार

देश बनाउने पार्टी एमाले मात्र हो : मुख्यमन्त्री कँडेल

322
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सुर्खेत, १४ माघ । कर्णाली प्रदेशका मुख्यमन्त्री तथा स्थायी कमिटी सदस्य यामलाल कँडेलले देश बनाउने पार्टी नेपालमा नेकपा (एमाले) मात्र रहेको बताएका छन् ।

आज एमाले जिल्ला कमिटी सुर्खेतको चौथो पूर्ण बैठकलाई सम्बोधन गर्दै देश बनाउन सक्ने योग्यता र क्षमता भएको कोही पार्टी छ भने त्यो एमाले भएको मुख्यमन्त्री कँडेलले बताएका हुन् ।

एमाले राज्य सञ्चालन गर्ने अवसर पाउँदा जहिले पनि राष्ट्र र जनतालाई केन्द्रमा राखेर जनपक्षीय काम गर्ने पार्टी भएकाले जनताको रोजाइको पहिलो पार्टी बनेको मुख्यमन्त्री कँडेलको भनाइ छ ।

दक्षिण एसियाकै इतिहासमा पहिलो निर्वाचित कम्युनिस्ट प्रधानमन्त्री मनमोहन अधिकारी देखि केपी शर्मा ओली सम्मका कम्यूनिस्ट सरकारले जनपक्षीय काम गरेको कारण विपक्षीको चौतर्फी घेरा हुँदा पनि एमालेलाई जनताले साथ दिएको मुख्यमन्त्री कडेलले बताए ।

एमालेको नीति विचार र नेतृत्व सही भएकै कारण जनताको आकर्षण बढेको उनको भनाइ छ । अवसर पाएको समयमा सरकार जनताको चाहना अनुसार काम गर्ने दिशामा लागेको हुनाले आर्थिक लगायतका क्षेत्रमा सुधारको सङ्केत देखिएको अनुभूति जनताले गरेको र जनतामा यो सरकार प्रति आशा, भरोसा र विश्वास बढेको मुख्यमन्त्री कँडेलले बताएका हुन् ।

एमाले सुर्खेत जिल्ला कमिटीको चौथो बैठकमा एमालेका केन्द्रीय सदस्य नवराज रावत, मोहनमाया ढकाल र ठम्मर बिष्ट साथै प्रदेश कमिटी सचिव ध्रुव शाही लगाएत जिल्ला कमिटिका नेताहरूको सहभागिता रहेको थियो ।