३२ असार २०८३, बिहिबार

कास्की जिल्ला अदालतको आदेशविरुद्ध रवि लामिछानेले दिए निवेदन

350
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पोखरा, १४ माघ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले कास्की जिल्ला अदालतको निर्णय विरुद्ध उच्च अदालत पोखरामा निवेदन दर्ता गराएका छन् ।

सूर्यदर्शन सहकारी ठगी प्रकरणमा कास्की जिल्ला अदालतले लामिछानेलाई ६५ लाख धरौटीमा रिहा गरेको थियो । अदालतले तोकेको धरौटी रकमविरूद्व रविले उच्च अदालतमा निवेदन दिएका हुन् ।

जिल्ला अदालतको बेरितको आदेश बदर गरि दफा ६९ बमोजिम साधारण तारेखमा रिहा गर्न माग गर्दै लामिछानेले निवेदन दिएका हुन् ।