२ असार २०८३, मंगलबार

सुनको मूल्यमा सामान्य गिरावट

336
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १४ माघ । सुनचाँदी बजारमा आज सुनको मूल्यमा सामान्य गिरावट आएको छ ।

अघिल्लो दिन प्रतितोला रू एक लाख ६० हजार चार सयमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला रू तीन सयले घटेर रू एक लाख ६० हजार एक सय तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

त्यस्तै आज आइतबारको तुलनामा चाँदीको मूल्य प्रतितोला रू १५ ले घटेर रू एक हजार आठ सय ५० तोकिएकोे छ । चाँदी अघिल्लो दिन प्रतितोला रू एक हजार आठ सय ६५ मा किनबेच भएको थियो ।

हाल अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔँस दुई हजार सात सय ५६ अमेरिकन डलर आसपास कारोबार भइरहेको छ ।