९ असार २०८३, मंगलबार

अछाममा दुई किशोरीको मृत्यु प्रकरण : दुई किशोर पक्राउ

924
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १४ माघ । अछामको ढकारी गाउँपालिकामा हिजो दुई किशोरी मृत फेला परेका घटनामा प्रहरीले दुईजना किशोरलाई पक्राउ गरेको ।

घटनामा उनीहरूको संलग्नता हुन सक्ने आशंकामा प्रहरीेले उनीहरूलाई पक्राउ गरेको हो । यद्यपि हत्या नै हो भन्ने पुष्टि भइ नसकेको प्रहरीले जानकारी दिएको छ । पक्राउ परेका दुबै जनाको नाम गोप्य राखिएको छ ।

ढकारी गाउँपालिका– १ स्थित सुनघर सामुदायिक वनमा बाख्रा चराउन गएका दुई किशोरी मृत भेटिएका थिए । शुक्रबार देखि हराइरहेका ढकारी गाउँपालिका– ८ का १५ वर्षीया सरस्वती खड्का र १४ वर्षीया ईशरा खड्काको शव शनिवार साँझ जङ्गलमा भेटिएको थियो ।

मृत भेटिएका दुबै किशोरी फुपू-भदै नाता पर्ने हुन् ।