
मुम्बई, १४ माघ । सैफ अली खानलाई जनवरी १६ मा बान्द्राको ११औं फ्लोरमा रहेको फ्ल्याटमा अज्ञात व्यक्तिले चक्कु प्रहार गरेपछि हालै लीलावती अस्पतालबाट डिस्चार्ज गरिएको थियो । यसपछि २६ जनवरीमा उनी पहिलो पटक पत्नी करिना कपूर खानसँग बाहिर निस्किएको देखिएको छ । यस क्रममा उनको घरको नयाँ सुरक्षाको झलक पनि भिडियोमा देखिएको छ ।

वास्तवमा पापाराजीले सेयर गरेको भिडियोमा सैफ अली खान आफ्नो बान्द्राको घरबाट बाहिर निस्केको देखिन्छ । जहाँ ग्रे रंगको स्वेटसर्ट र टोपी लगाएकी करिना सैफको अगाडि कारमा बसेकी थिइन् । भिडियोमा सैफ जिन्स र नीलो शर्टमा देखिएका थिए र उनको वरिपरि सुरक्षाकर्मीको टोलीसमेत रहेको थियो । दुवै जना गाडीमा चढेर बाहिर निस्किए हुन् । र, अर्को कार पनि उनको घरको गेटबाट बाहिर सँगसँगै निस्किएको थियो ।
अर्को भिडियोमा भने करिना आफ्नो फिंगरप्रिन्टले अपार्टमेन्टको लबीको ढोका खोल्दै देखिएकी छिन् । जहाँ अन्य कर्मचारीहरु कार्ड लिएर सैफको लागि ढोका खोलेको देखिन्छ ।
उता, सीआईडीले फिंगरप्रिन्ट नमूनाहरूको नेगेटिभ रिपोर्ट मुम्बई पुलिसलाई दिएको छ तर घटनास्थलबाट सङ्कलन गरिएका नमूना मध्ये १९ नमूना भने आरोपीको औंठा छापसँग मेल खाँदैनन् । अभियुक्त शरीफुलका सबै १० औंठाछापहरू राज्य सीआईडीको फिंगरप्रिन्ट ब्युरोमा पठाइएको थियो ।
यसबाहेक अनुसन्धानका क्रममा अभियुक्त मोहम्मद शहजादको नयाँ कुरा पनि बाहिर ल्याएका छन् । जसमा उनले अभिनेता शाहरुख खानको बंगला ‘मन्नत’मा गर्न खोजिएको चोरी असफल भएपछि सैफको घरमा पसेको बताएको एनडिटिभीले उल्लेख गरेको छ । आरोपीतले भारतीय कागजात बनाउन पैसा चाहिने भएकाले यो सब गरेको बयानमा जनाएका छन् ।








प्रतिक्रिया