
काठमाडौं, १३ माघ । नेसनल लाइफ इन्स्योरेन्स कम्पनीले आफ्ना अभिकर्ताहरुका लागि २ रात ३ दिनको ‘लिडर्स नाईट वीथ भुषण दाहाल’ कार्यक्रम चितवन सौराहामा सम्पन्न गरेको छ ।
कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि २०८१ साउन महिनामा सञ्चालन गरेको अभिकर्ता मासिक योजनाअन्तर्गत लक्ष्य पूरा गर्न सफल अभिकर्ताहरुलाई गैंडाकोटस्थित मौलाकालिका मन्दिरको दर्शन तथा दियालो बंगला संग्रहालय अवलोकन गराउने तथा नेपालका चर्चित वरिष्ठ पत्रकार भुषण दाहालसँग साक्षात्कार गराउने उदेश्यले कार्यक्रम आयोजना गरिएको हो ।
कम्पनीका बजार विभाग प्रमुख विवेक शर्मा, एजेन्सी विभाग प्रमुख सुशील प्रताप राणासहित प्रदेश प्रमुख, तथा विभिन्न शाखाका शाखा प्रमुखहरुसहित देशैभरीबाट उत्कृष्ट व्यवसाय गरी योजनामा छनोट हुन सफल भएका करिब २२५ जना वरिष्ठ अभिकर्ताहरुले कार्यक्रममा सहभागिता जनाएका थिए । साथै, कार्यक्रमका प्रमुख अतिथि भुषण दाहालले सहभागि अभिकर्ताहरुलाई नेतृत्वको बारेमा विशेष प्रशिक्षण प्रदान गरेका थिए । उनले नेतृत्वकर्ताले भविष्यको स्पष्ट खाका कोर्नका लागि जहिले पनि प्रश्न होइन हजारौ प्रश्नको जवाफ दिने आँट र साहास बोकेर बस्न सक्नुपर्ने धारणा व्यक्त गरे । समारोहमा योजनामा छनोट भई सहभागि भएका अभिकर्ताहरुलाई दाहालले सम्मान पत्र प्रदान गरेका थिए ।
सहभागि अभिकर्ताहरुले दाहालबाट सम्मान प्राप्त गर्ने अवसर दिलाएकोमा कम्पनीप्रति आभार व्यक्त गर्दै यस प्रकारको कार्यक्रमबाट मनोरञ्जनका साथै आफ्नो वृत्ति विकासमासमेत योगदान पुर्याउने विश्वास व्यक्त गरेका थिए ।








प्रतिक्रिया