
काठमाडौं, १३ माघ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद विनिता कठायतले पोखरास्थित होटल ओपन हाउसको सीसीटिभी फुटेज झिकाउन उजुरी दिएकी छिन् ।
गत पुस २९ गते कृषि समितिका सदस्यहरू उक्त होटलमा बसेका थिए । उनले होटलको राति ८ देखि १० बजेसम्मको सीसीटीभी फुटेज र बिल भरपाई पनि झिकाउन उजुरी दिएकी हुन् ।
सांसद कठायतले कृषि समितिको अनुगमनका दौरान समिति सदस्यहरूको उक्त होटलमा मदिरा सेवन गरेर पार्टी सभापति रवि लामिछानेलाई तथानाम भनेको बताएकी छिन् ।









प्रतिक्रिया