
रुपन्देही, १३ माघ । रूपन्देही जिल्ला अदालतमा आज रवि लामिछानेमाथिको थुनछेक बहस जारी छ ।
बुटवलको सुप्रिम सहकारीको रकम अपचलनको आरोपमा उनीमाथि मुद्दा दायर भएको छ । न्यायाधीश प्रल्हादकुमार योगीको इजलासमा बुधवारबाट बहस जारी छ ।
आज रवि पक्षका वकिलहरूले बहस गरिरहेका छन् । आज रवि पक्षका वकिलको बहस सकिएपछि सरकारी वकिलले जवाफी बहस गर्नेछन् । सम्भवतः आजै सरकारी वकिलको जवाफी बहस सकेर आदेश हुन सक्नेछ ।









प्रतिक्रिया