
काठमाडौं, १३ माघ । नेपाल ल्यूब आयल लिमिटेडले २०० प्रतिशत हकप्रद शेयर जारी गर्ने भएको छ ।
कम्पनीको माघ ११ गते बसेको सञ्चालक समिति बैठकले २०० प्रतिशत हकप्रद शेयर जारी गर्ने निर्णय गरेको हो । यसअघि आयलले घोषणा गरेको एफपीओ निष्कासन गर्ने प्रस्ताव खारेज भएको छ ।
अब कम्पनीले पुँजी वृद्धि गर्न हकप्रद जारी गर्ने जनाएको छ । हकप्रद प्रस्ताव पारित गर्न कम्पनीले माघ २९ गते विशेष साधारण सभा बोलाएको छ । सभा द प्लाजा पुल्चोक, ललितपुरमा बिहान ११ बजे सुरु हुनेछ ।
यसअघि एफपीओ जारी गर्ने भनिएकोमा त्यस निर्णय बदर गरी अब हकप्रद शेयर जारी गर्ने निर्णय भएको कम्पनीले जनाएको छ ।








प्रतिक्रिया