२९ असार २०८३, सोमबार

पस्मिना प्रदर्शनी सकियो

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १२ माघ । नेपाल पस्मिना उद्योग संघले आयोजना गरेको पस्मिना प्रदर्शनी आज (शनिबार)बाट सकिएको छ । माघ १० गतेबाट सुरु भएको तीनदिने पस्मिना प्रदर्शनी सकिएको हो ।

नेपाली उत्पादनको प्रवद्र्धन र व्यापार गर्ने उद्देश्यले काठमाडौंको भृकुटीमण्डपमा प्रदर्शनी सुरू भएको थियो ।

मेलामा १५० भन्दा बढी स्वदेशी स्टलहरू रहेका थिए भने ४० भन्दा बढी शुद्ध नेपाली पस्मिनाका स्टलहरू, च्याङ्ग्रादेखि पश्मिनासम्मको प्रत्यक्ष निर्माण प्रक्रिया, स्वदेशी लुगा तथा पस्मिनाको फेशन शो र नेपाली रैथाने खानाका परिकारहरू राखिएका थिए ।