७ असार २०८३, आइतबार

यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ११ माघ । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । जसअनुसार, आज अमेरिकी डलरको मूल्य बढेको छ भने युरोको मुल्य घटेको छ ।

आज अमेरिकी डलर एकको खरिददर एक सय ३८ रुपैयाँ ०४ पैसा र बिक्रीदर एक सय ३८ रुपैयाँ ६४ पैसा, अष्ट्रेलियन डलर एकको खरिददर ८६ रुपैयाँ ५४ पैसा र बिक्रीदर ८६ रुपैयाँ ९२ पैसा, क्यानेडियन डलर एकको खरिददर ९५ रुपैयाँ ९२ पैसा र बिक्रीदर ९६ रुपैयाँ ३३ पैसा, सिङ्गापुर डलर एकको खरिददर एक सय एक रुपैयाँ ७७ पैसा र बिक्रीदर एक सय ०२ रुपैयाँ २१ पैसा रहेको छ ।

यस्तै, युरोपियन युरो एकको खरिददर एक सय ४३ रुपैयाँ ०४ पैसा र बिक्रीदर एक सय ४४ रुपैयाँ ३६ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर एक सय ७० रुपैयाँ १५ पैसा र बिक्रीदर एक सय ७० रुपैयाँ ८९ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर एक सय ५२ रुपैयाँ १९ पैसा र बिक्रीदर एक सय ५२ रुपैयाँ ८५ पैसा कायम गरिएको छ । यसको साथै, जापानी येन १० को खरिददर आठ रुपैयाँ ८२ पैसा र बिक्री दर आठ रुपैयाँ ८ रुपैयाँ ८६ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ९४ पैसा र बिक्रीदर १९ रुपैयाँ ०२ पैसा, थाई भाट एकको खरिददर चार रुपैयाँ ०६ पैसा र बिक्रीदर चार रुपैयाँ ०८ पैसा, साउथ कोरियन वन एक सयको खरिददर नौ रुपैयाँ ६१ पैसा र बिक्रीदर नौ रुपैयाँ ६५ पैसा, हङकङ डलर एकको खरिददर १७ रुपैयाँ ७२ पैसा र बिक्रीदर १७ रुपैयाँ ८० पैसा रहेको छ ।

त्यसैगरी, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपैयाँ ८० पैसा र बिक्रीदर ३६ रुपैयाँ ९६ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपैयाँ ८६ पैसा र बिक्रीदर ३८ रुपैयाँ ०३ पैसा, युएई दिराम एकको खरिददर ३७ रुपैयाँ ५८ पैसा र बिक्रीदर ३७ रुपैयाँ ७५ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३१ रुपैयाँ ०६ पैसा र बिक्रीदर ३१ रुपैयाँ २० पैसा, स्वीडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ ५३ पैसा र बिक्रीदर १२ रुपैयाँ ५८ पैसा र डेनिस क्रोनर एकको खरिददर १९ रुपैयाँ २७ पैसा र बिक्री दर १९ रुपैयाँ ३५ पैसा तोकिएको छ ।

यस्तै, भारतीय रुपियाँ एक सयको खरिददर एक सय ६० रुपैयाँ र बिक्रीदर एक सय ६० रुपैयाँ १५ पैसा, कुवेती दिनार एकको खरिददर चार सय ४७ रुपैयाँ ८३ पैसा र बिक्रीदर चार सय ४९ रुपैयाँ ७८ पैसा, बहराइन दिनार एकको खरिददर तीन सय ६६ रुपैयाँ २६ पैसा र बिक्रीदर तीन सय ६७ रुपैयाँ ८५ पैसा, ओमनी रियाल एकको खरिददर तीन सय ५८ रुपैयाँ ६३ पैसा र बिक्रीदर तीन सय ६० रुपैयाँ १९ पैसा तोकिएको छ ।