२३ जेष्ठ २०८३, शनिबार

प्रधानमन्त्री भोलि बुटवल आउँदै, के-के छन् कार्यक्रम ?

434
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बुटवल, १० माघ । प्रधानमन्त्री केपी शर्मा ओली शुक्रबार बुटवल आउँदै छन् ।

प्रधानमन्त्री ओली पाल्पा र रुपन्देहीका विभिन्न राष्ट्रिय गौरवका आयोजनाको उद्घाटनका लागि आउन लागेका हुन् । प्रधानमन्त्री ओलीले शुक्रवार बिहान सवा ११ बजे पाल्पाको बगनासकाली गाउँपालिकाको भवन उद्घाटन गर्ने कार्यक्रम रहेको छ।

त्यसपछि त्यहाँबाट हेलिकप्टरमार्फत बिहान १२:१५ बजे बुटवलको बुटवल मण्डपस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा आइपुग्ने कार्यक्रम तय गरिएको छ।

प्रधानमन्त्री ओलीले पाल्पाको तिनाउ गाउँपालिकाको दोभानमा नवनिर्मित प्रशासकीय भवन समुद्घाटन गर्ने र त्यहाँ आयोजित कार्यक्रमलाई सम्बोधन गर्नेछन् । साथै, सिद्धार्थ राजमार्गको सिद्धबावामा निर्मित १,१२६ मिटर लामो सुरूङ मार्गको ब्रेकथ्रु कार्यक्रममा विशेष सहभागिता जनाउनेछन् ।

प्रधानमन्त्री ओलीले सुरूङमार्ग ब्रेकथ्रु उत्सवपछि बुटवल–गोरुसिंगे सडक स्तरोन्नतिको शिलान्यास कार्यक्रममा सहभागी हुने कार्यक्रम रहेको छ । दिउँसो २ बजे बुटवल उपमहानगरपालिका वडा नं १३ जितगढीमा आयोजित कार्यक्रममार्फत यो खण्डको शिलान्यास गर्नेछन्।