२४ जेष्ठ २०८३, आइतबार

आइपीओ निष्कासन गर्दै ओम मेगाश्री फर्मास्युटिकल्स

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १० माघ । ओम मेगाश्री फर्मास्युटिकल्सले यही माघ २१ गते आइपीओ बिक्री खुला गर्ने भएको छ ।

वैदेशिक रोजगारमा रहेका नेपालीका लागि कम्पनीले पहिलो चरणको आइपीओ निष्कासन गर्न लागेको हो । यो कम्पनीले नेपाल धितोपत्र बोर्डबाट जारी पुँजी ६० करोडको ३० प्रतिशत अर्था १८ करोड रुपैयाँ बराबरको आइपीओ अनुमति पाएको छ ।

कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल १८ लाख कित्ता आइपीओ जारी गर्नेछ । त्यसमध्ये १० प्रतिशतले हुन आउने १ लाख ८० हजार कित्ता कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि जारी गर्न लागेको हो ।

वैदेशिक रोजगारमा रहेका नेपालीले यो आइपीओमा न्यूनतम १० कित्ता र अधिकतममा १० हजार कित्तासम्म आवेदन दिन सक्नेछन् । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट आस्वा सेवा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था तथा तिनले तोकेका शाखासँगै सीडीएससीको मेरो शेयरमा खरिद आवेदन दिन सक्नेछन् ।

यो आइपीओको निष्कासन बन्द फागुन ५ गते बैंकिङ समयपछि हुनेछ । आइपीओ बिक्री प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ ।

केयर रेटिङ नेपालबाट कम्पनीले केयर–एनपी बीबी माइनस (डबल बी माइनस) इस्युअर रेटिङ पाएको छ । यसले कम्पनीको समयमै वित्तीय दायित्व भुक्तानीका सन्दर्भमा मध्यम स्तरको जोखिम रहेको बुझिन्छ ।