२८ जेष्ठ २०८३, बिहिबार

रवि मुछिएको साहारा चितवन सहकारी ठगीको अनुसन्धान प्रतिवेदन प्रहरीलाई नै फिर्ता

1.4k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

चितवन, ८ माघ । चितवनको साहारा चितवन सहकारी ठगी प्रकरणको अनुसन्धान प्रतिवेदन प्रहरीलाई नै फिर्ता गरिएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहित मुछिएको सहारा सहकारीको ठगीको अनुसन्धान नपुगेको भन्दै आज सरकारी वकिलको कार्यालयले फिर्ता गरिदिएको हो ।

रकम हिनामिनाको आरोप लागेको सात कम्पनी, रवि लामिछाने सहित ३१ जनाविरुद्ध परेको पूरक जाहेरीको अनुसन्धान गरि प्रहरीले प्रतिवेदन पेश गरेको थियो । तर प्रतिवेदनमा धेरै कुरा छुटेको भन्दै फिर्ता गरिएको हो ।

प्रहरीले तयार गरेको पूरक अनुसन्धान प्रतिवेदनमा मूल अभियोजन लगाएको दिन गत असोज ८ गते सरकारी वकिलको कार्यालयले पूरक अनुसन्धान गर्नु भनि दिएको निर्देशन अनुसारका कागजात पूरा नभएपछि प्रहरीलाई पुनः खोज्नु भनेर प्रतिवेदन फिर्ता पठाइएको सरकारी वकिलको कार्यालयले जानकारी दिएको छ ।