२ श्रावण २०८३, शनिबार

नागोया र टोकियोमा विशेष प्रशिक्षण कार्यक्रम गर्दै प्रवासी नेपाली मञ्च जापान

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

जापान, ८ माघ । प्रवासी नेपाली मञ्च (ओएनएफ) जापानले आफ्ना सदस्यहरुका लागि विशेष प्रशिक्षण तथा खुल्ला अन्तरक्रिया कार्यक्रमको आयोजना गर्दैछ । प्रशिक्षण कार्यक्रम नेकपा (एमाले)का महासचिव शंकर पोखरेलको प्रमुख आतिथ्यतामा फेब्रुअरी १ तारिकमा नागोयामा हुनेछ ।

प्रवासी नेपाली मञ्च जापानको इतिहासमा पहिलो पटक मञ्चले यस खालको वैचारिक तथा सांगठनिक प्रशिक्षण आयोजना गरेको हो ।

ओएनएफ जापानका इञ्चार्ज सुरेश केसीले महासचिव पोखरेल प्रमुख अतिथि रहने प्रशिक्षणमा सहभागी भई आफ्नो दुविधा हटाउने गरी अधिकतम लाभ लिन जापानमा रहेका सबै प्रवासी नेपालीलाई आग्रह गरे । उनले मञ्च सम्वद्व राष्ट्रिय कमिटी, क्षेत्रीय कमिटी, सल्लाहकार र सदस्यहरूलाई कार्यक्रममा सहभागी हुन विशेष अनुरोध पनि गरेका छन् ।

कार्यक्रममा जापानबाट प्रतिनिधित्व गर्ने अन्तर्राष्ट्रिय कमिटीका सदस्य, पूर्वी एशिया महादेश कमिटीका संयोजक, पदाधिकारी, सदस्य, राष्ट्रिय कमिटीका सल्लाहकार, विभागीय प्रमुख तथा सदस्य, चुवु क्षेत्रीय कमिटी नागोया, कान्साई क्षेत्रीय कमिटी ओसाका, क्यूस्यू क्षेत्रीय कमिटी फुकुओका कामित्रहरू, तीन वटै क्षेत्रीय कमिटीका सल्लाहकार प्रशिक्षार्थीका रुपमा सहभागी गराइएको केसीले जानकारी दिए ।

प्रवासी नेपाली मञ्च जापानका अध्यक्ष केलचन्द्र खरेलका अनुसार पहिलो दिन नागोयामा, फेब्रुअरी २ तारिक टोकियोको केईक्यू कामतामा प्रशिक्षण कार्यक्रम हुनेछ । फेब्रुअरी २ मै टोकियोमा साँझ ४ बजेदेखि खुल्ला प्रशिक्षण राखिएको छ ।

यस्तै, फेब्रुअरी ९ तारिकमा ओकिनावामा एमाले केन्द्रीय सदस्य तथा इञ्चार्ज डा. सूर्य पाठकको प्रमुख आतिथ्यतामा प्रशिक्षण तय गरिएको प्रवासी नेपाली मञ्च जापानले जनाएको छ ।