४ असार २०८३, बिहिबार

राष्ट्रपति पौडेलले दिए ट्रम्पलाई बधाई

224
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ८ माघ । राष्ट्रपति रामचन्द्र पौडेलले अमेरिकी दास्रो कार्यकालको राष्ट्रपतिको शपथग्रहण गरेका समकक्षी डोनाल्ड ट्रम्पलाई बधाई दिएका छन् ।

मंगलबार राष्ट्रपति पौडेलले सामाजिक सञ्जालमार्फत अमेरिकाको ४७ औं राष्ट्रपतिको रूपमा कार्यभार ग्रहण गरेको उपलक्ष्यमा ट्रम्पलाई बधाईका साथ सफल कार्यकालको शुभकामना दिएका हुन् ।

उनले अमेरिकाको राष्ट्रपतिका रूपमा ट्रम्पको दोस्रो कार्यकालमा नेपाल र अमेरिका दुई देशबीचको सम्बन्ध अझ बलियो हुने विश्वास समेत व्यक्त गरे ।