२५ असार २०८३, बिहिबार

रविसहितलाई थुनामै राख्न माग गर्दै पोखरा उच्च अदालतमा निवेदन दर्ता

1.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पोखरा, ७ माघ । पोखराको सूर्यदर्शन सहकारी ठगी आरोप लागेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहितलाई थुनामै राख्न माग गर्दै पोखरा उच्च अदालतमा निवेदन दर्ता भएको छ ।

सरकारी वकिलको कार्यालयले रविसहितलाई थुनामै राख्न माग गर्दै निवेदन दिएको हो । यसअघि जिल्ला अदालत कास्कीले रविसहित सातजनालाई धरौटीमा रिहा गरेको थियो ।

रवि लामिछाने ६५ लाख धरौटीमा रिहा भएका हुन् भने पूर्वडीआईजी छविलाल बन्जाडे जोशी ८८ लाख रुपैयाँ धरौटी बुझाएर रिहा भएका हुन् ।

यस्तै, लिला पछाईलाई ३७ लाख, पूर्वप्रहरी रामबहादुर खनाललाई १५ लाख, पूर्वसांसद मीना गुरुङलाई ५ लाख, मीनाका बुबा कृष्णबहादुर गुरुङलाई एक लाख र आरती गुरुङलाई ५ लाख धरौटी माग गरिएको थियो।