४ श्रावण २०८३, सोमबार

पूर्वडीआईजी छविलाल जोशी धरौटीमा रिहा

560
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ७ माघ । स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा पूर्वडीआईजी छविलाल जोशी धरौटीमा रिहा भएका छन् । उनी आज ५० लाख धरौटी बुझाएर रिहा भएका हुन् ।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश ठाकुरप्रसाद खरेलको इजलासले उनलाई ५० लाख धरौटीमा रिहा गर्न आदेश दिएको थियो ।

जोशीको तर्फबाट वरिष्ठ अधिवक्ता शम्भु थापा, शतिशकृष्ण खरेल, अधिवक्ताहरू अपूर्व खतिवडा, रोचक रेग्मीले बहस गरेका थिए ।

जाहेरवालाहरूको तर्फबाट ५ जना सरकारी वकिल, वरिष्ठ अधिवक्ता डा।सुरेन्द्र भण्डारी, दिनेश त्रिपाठीले बहस गरेका थिए ।