३१ जेष्ठ २०८३, आइतबार

युवकमाथि निर्घात कुटपिट गर्ने असई निलम्बनमा

980
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

चितवन, ७ माघ । चितवनमा युवकलाई निर्घात कुटपिट गर्ने प्रहरी निलम्बनमा परेका छन् ।

जिल्ला प्रहरी कार्यालय चितवनले असई बुद्धिबहादुर भुजेललाई निलम्बन गरेको हो । घटना छानबिनका लागि डिएसपी ज्ञानकुमार महतोको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति पनि गठन गरेको छ । उक्त कुटपिटको भिडिओ एक महिना पुरानो भएको खुलेको छ ।

घटना गत पुस १५ गते राति ११ बजे भरतपुर महानगरपालिका-११ तीनखोले गुम्बानजिकै बाइपास रोडमा भएको हो । भिडिओ भने अहिले सार्वजनिक भएको हो ।