१९ असार २०८३, शुक्रबार

प्रवासी नेपाली मञ्च युएईमा आधा दर्जन युवा प्रवेश

868
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

युएई, ६ माघ । नेकपा (एमाले)को प्रवास संगठन प्रवासी नेपाली मञ्च युएईले आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा विभिन्न दल परित्याग गरी आधा दर्जन युवाहरू संगठनमा प्रवेश गरेका छन् ।

नेकपा (एमाले)का केन्द्रीय सदस्य, पूर्वमन्त्री, प्रवासी नेपाली मञ्च मध्यपूर्व कमिटीका इन्चार्ज उमाशंकर अरगरियाको प्रमुख आतिथ्यतामा नवप्रवेशी सदस्यहरूलाई टीका लगाएर संगठनमा स्वागत गरिएको हो ।

कार्यक्रममा मिथिला समाज युएईका अध्यक्ष मनोज बिदेसियाको नेतृत्वमा देवसरण यादव, श्याम यादव, सरोज रान यादव, गणेश यादव, प्रमोद यादवलगाइतले आफ्नो पुरानो पार्टी परित्याग गरी प्रवासी नेपाली मञ्च युएईमा प्रवेश गरेका हुन् ।

प्रमुख अतिथि अरगरियाले नवप्रवेशी सदस्यहरूलाई पार्टीमा स्वागत गर्दै संगठनको उद्देश्यमाथि प्रकाश पारे । साथै, उनले प्रवासी नेपाली मञ्च युएईलाई प्रवासी नेपालीहरूको हक, अधिकार र कल्याणका लागि काम गर्न आग्रह गरे ।

यस अवसरमा नवप्रवेशी सदस्यहरूले प्रवासी नेपालीहरूको हित संरक्षणमा मञ्चले खेलेको भूमिकाको प्रशंसा गर्दै संगठनको सिद्धान्त र उद्देश्यप्रति आफ्नो प्रतिबद्धता जनाए ।

कार्यक्रममा संगठनका पदाधिकारीहरू, विभिन्न नेपाली संघसंस्थाका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो । यो प्रवेश कार्यक्रमले प्रवासी नेपाली मञ्च युएईको संगठनात्मक सशक्तिकरणमा थप योगदान गर्ने विश्वास गरिएको छ ।