१० असार २०८३, बुधबार

नवल नेपालको निर्देशनमा फिल्म ‘मंगलम २’ बन्ने

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ६ माघ । २०७४ सालमा निर्माण भएको फिल्म ‘मंगलम’को दोस्रो भाग ‘मंगलम २’ निर्माण हुने भएको छ ।

छविराज ओझा र दिजेन्द्र शाक्यको निर्माण रहने फिल्म ‘मंगलम २’मा नवल नेपालको निर्देशन रहनेछ ।

छविराज प्रोडक्सन र गुण सिनेमा प्रालिको ब्यानरमा ‘मंगलम २’ निर्माण हुनेछ । नवलले यसअघि यो ब्यानरका दुई फिल्म ‘लज्जा’ र ‘मंगलम’ निर्देशन गरेका थिए । फिल्म ‘मंगलम’को गीत ‘पर्ख पर्ख मायालु’ अहिले पनि उत्तिकै लोकप्रिय छ ।

‘मंगलम २’का लागि निर्माता ओझाले निर्देशक नेपाललाई आइतबार अनुबन्ध गरेका छन् ।

निर्माता ओझाका अनुसार फिल्मका कलाकार तथा प्राविधिक केही समयपछि सार्वजनिक हुनेछन् ।