१० असार २०८३, बुधबार

एमालेमै फर्किने तयारीमा बामदेव गौतम

1.3k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ६ माघ । नेकपा एकता राष्ट्रिय अभियानका संयोजक एवं नेकपा (एमाले)का पूर्वउपाध्यक्ष बामदेव गौतम एमालेमा फर्कने तयारी अन्तिम चरणमा पुगेको छ । गौतमले यसका लागि प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीसँग छलफलसमेत गरिसकेका छन् ।

अभियानका नेता डीबी कार्कीले गौतमको एमाले प्रवेश निश्चित भएको पुष्टि गर्दै अब कुनै अल्मलमा नरहेको र एमालेमा जाने निर्णय भएको जानकारी दिएका छन् । यो निर्णयसँगै एकता अभियानमा रहेका केही नेताहरूले असन्तुष्टि जनाउँदै अभियान परित्याग गरेका छन् । महेन्द्र अर्याल, हरि काफ्ले, इन्द्र सुब्बा र डिल्लीराज भट्टले एकीकृत समाजवादीसँग एकता हुनुपर्ने अडान राख्दै अभियानबाट अलग भएको घोषणा गरेका हुन् ।

कार्कीका अनुसार एकीकृत समाजवादीले एकताको नाममा अल्मल्याएको र शंकाको दृष्टिकोणले हेरेका कारण पार्टीसँगको वार्ता र संवाद पूर्णरूपमा समाप्त भएको छ । अब एमालेसँग एकता गरेपश्चात् अन्य वामपन्थी शक्तिहरूलाई पनि एमालेको धारमा ल्याउने रणनीति रहेको कार्कीको भनाई छ ।

यसअघि गौतमको प्रेस सहयोगीको रूपमा लामो समय काम गरेका समाजवादी प्रेस संगठनका अध्यक्ष विश्वमणि सुवेदी पनि समाजवादी पार्टी र संगठन छाडेर एमालेमा फर्किसकेका छन् ।