२६ असार २०८३, शुक्रबार

भेटायो एपले ल्यायो नयाँ वर्ष अफर

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ६ माघ । भेटायो एपले नयाँ वर्ष अफर सार्वजनिक गरेको छ ।

घरायसी समस्याको समाधानको लागि भरपर्दो साथी मानिएको भेटायोले प्रयोगकर्ताको जीवनलाई सहज र सुगम बनाउन भेटायोले सफा र चम्किलो घरको लागि विशेष छुटहरू ल्याएको हो । ‘यो नयाँ वर्ष, आफ्नो घरलाई चिटिक्क राख्न तयार हुनुहोस्, सबै क्लिनिङ सेवामा २० प्रतिशत छुट पाउनुहोस् र आफ्नो घरलाई चिप्लो र स्वागतयोग्य बनाउनुहोस्, क्लिन २०२५ प्रोमो कोड प्रयोग गरेर आफ्नो क्लिनिङ सेवामा छुट प्राप्त गर्नुहोस् ।’ अफर सार्वजनिक गर्दै भेटायोले भनेको छ ।

प्रोमो कोड प्रयोग गरेर आफ्नो क्लिनिङ सेवामा छुट प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ । यो अफरअन्तर्गत लुगा धुने सेवा मात्र ९९ रुपैयाँ प्रति किलोमा उपलब्ध छ, त्यो पनि फ्री पिकअप र डेलिभरी सुविधा पाइनेछ । साथै, भेटायोले यो नयाँ वर्षलाई अझ रोमाञ्चक बनाउन विभिन्न गेम र गिभअवेहरू आयोजना गर्दैछ । जसमा भाग लिएर आकर्षक सेवा भौचरहरू जित्न सकिने जनाइएको छ ।

भेटायोले भनेको छ, ‘नयाँ वर्षलाई झन्झटरहित र खुशीमय बनाउनुस् र भेटायो एपको सहायता लिएर तपाईंको सबै सेवा आवश्यकताहरू पूरा गर्नुस् । परिवार र साथीहरूसँग रमाइलो क्षणहरू बनाउन समय निकाल्नुस्, बाँकी जिम्मा हामीले लिन्छौँ !’