
काठमाडौं, ६ माघ । नेपाली बजारमा आज आइतबार सुनको मूल्य आठ सय रुपैयाँले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार आठ सय रुपैयाँले घटेर छापावाल सुनको मूल्य प्रतितोला एक लाख ५७ हजार १०० रुपैयाँ कायम भएको छ । अघिल्लो कारोबारको दिन छापावाल सुन प्रतितोला एक लाख ५७ हजार ९०० रुपैयाँमामा कारोबार भएको थियो ।
त्यस्तै, चाँदीको मूल्य पनि तोलामा ३० रुपैयाँले घटेको छ । चाँदी प्रतितोला एक हजार ८६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । अघिल्लो कारोबार दिन चाँदी प्रतितोला एक हजार ८९० रुपैयाँमा किनबेच भएको थियो ।







प्रतिक्रिया