२५ असार २०८३, बिहिबार

वरिष्ठ गायक प्रेमराजा महत जन्मभूमि तनहुँमा सम्मानित

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

तनहुँ, ६ माघ । तनहुँको शुक्लागण्डकी नगरपालिकाको ढोरफिर्दीमा जन्मिएका वरिष्ठ लोक दोहोरी गायक प्रेमराजा महत आफ्नो जन्मभूमि तनहुँमा सम्मानित भएका छन् ।

नवौं तनहुँ महोत्सव मूल समारोह समितिले शनिबार दमौलीमा महतलाई सम्मान गरेको हो ।

गायक महतलाई गण्डकी प्रदेश सभा सदस्य अशोककुमार श्रेष्ठ, जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरमण वाग्ले, महोत्सव मूल समारोह समितिका संयोजक तथा तनहुँ उद्योग वाणिज्य संघका अध्यक्ष वैकुण्ठ मिश्र, महोत्सवका निर्देशक पविन्द्रकुमार श्रेष्ठ, प्रवक्ता सुवोध अधिकारीले संयुक्त रुपमा सम्मान गरे । गायक महतलाई दोसल्ला ओडाएर र कदरपत्र प्रदान गरी सम्मान गरिएको हो ।

लोकगीत प्रर्वद्धनमा योगदानको कदर गर्दै गायक महतलाई सम्मान गरिएको सम्मानपत्रमा उल्लेख गरिएको छ ।

तनहुँ महोत्सवमा शनिबार दर्शकको भीड लागेको थियो । शनिबार सार्वजानिक बिदा भएकाले करिब दश हजार दर्शकले महोत्सवको अवलोकन गरेको तनहुँ उद्योग वाणिज्य संघका महासचिव तथा महोत्सवका प्रवक्ता सुवोध अधिकारीले जानकारी दिए ।

शनिबारसम्ममा ७० हजार दर्शकले अवलोकन गरेको र दुई करोड ७० लाखको आर्थिक कारोबार भएको अधिकारीले जानकारी दिए ।