२६ जेष्ठ २०८३, मंगलबार

खो–खो विश्वकपको फाइनलका लागि प्रधानमन्त्रीको शुभकामना

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ५ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली महिला र पुरूष खो–खो टोलीलाई फाइनल खेलको शुभकामना दिएका छन् ।

भारतमा जारी खो–खो विश्वकपमा नेपाली महिला र पुरुष दुवै टोली फाइनलमा पुगेकामा खुशी व्यक्त गर्दै प्रधानमन्त्रीले शुभकामना दिएका हुन् ।

नेपाली महिला टोलीले युगान्डा र पुरुष टोलीले इरानलाई सेमिफाइनलमा पराजित गर्दै ऐतिहासिक फाईनल यात्रा तय गरेका उहाँले उल्लेख गरेका छन् ।

यो नेपालको खो–खो इतिहासमा ऐतिहासिक क्षण भएको उनले बताए ।