
काठमाडौं, ५ माघ । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले पूर्वप्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डमाथि कटाक्ष गर्दै आफ्नै कार्यकालमा हिउँदे अधिवेशन माघको अन्तिम साता मात्र बोलाएको तर अहिले भने माघको पहिलो हप्तामै नबोलाएको भन्दै चिन्ता व्यक्त गरेको बारे टिप्पणी गरेका छन् ।
शनिबार सामाजिक सञ्जाल फेसबुकमा लेख्दै महासचिव पोखरेलले प्रचण्डले प्रतिपक्षी दलहरूको बैठक बोलाएर विशेष अधिवेशन बोलाउने चेतावनी दिएको प्रति पनि व्यंग्य गरे ।
‘प्रचण्डजी प्रधानमन्त्री हुँदा हिउँदे अधिवेशन माघको अन्तिम सातामा बोलाएको बिर्सनु भएछ कि क्या हो ? उहाँलाई अहिले माघको पहिलो हप्तामै हिउँदे अधिवेशन नडाकेकोमा ठूलो चिन्ता भएछ । अनि उहाँले प्रतिपक्षमा रहेका दलहरुको बैठक डाकेर विशेष अधिवेशन बोलाउने घुर्की समेत लगाउनु भएछ ।’ महासचिव पोखरेलले भने ।
दिनभरका मुख्य–मुख्य समाचारका हेडलाइनहरू–









प्रतिक्रिया