३० आश्विन २०८३, शुक्रबार

फिल्म ‘नाक्छोङ’को छायांकन सुरु

784
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ४ माघ । ज्योतिराज राईको निर्माणमा बन्न लागेको फिल्म ‘नाक्छोङ’ (विजुवा)को छायांकन सुरु भएको छ । बिहीबार मोरङको बेलाबारीमा शुभमुर्हूत गर्दै फिल्मको छायांकन सुरु गरिएको हो ।

फिल्मको मुर्हूत परम्परागतभन्दा केही भिन्न तवरबाट गरियो । मुर्हूतमा स्थानीय विजुवाले तीन चुला र चिण्डोलाई पूजासहित पुर्खाहरु सम्झदै फिल्मको मुर्हूत गरेका थिए । मुर्हत कार्यक्रममा लेखक तथा निर्देशक नविन सुब्बा, मिलन चाम्स, बेलाबारी नगरपालिका वडा नं. ११का वडाध्यक्ष विक्रम वान्तवालगायत स्थानीय कलाकर्मी थुप्रैको उपस्थिती थियो ।

कार्यक्रममा कलाकार याशेली योङ्हाङ र हेम दिलुङ्छाले मुर्हूत सट दिँदा त्यसको निर्देशक नविन सुब्बा, क्यामरा रोल वडाध्यक्ष विक्रम वान्तवा र क्ल्याप मिलन चाम्सले पड्काएका थिए ।

मुर्हूतपछि बोल्दै निर्देशक नविन सुब्बाले राई जातीहरुको कथा, संस्कृति फिल्ममा कम आएको बताउँदै यसक्षेत्रसँग सम्बन्धित निर्देशकले आफ्नै त्यस्ता विषयवस्तुमा जोड दिनुपर्ने बताए । फिल्म ‘गाउँ आएको बाटो’मा आफुले राईको कथा केही देखाउन खोजेपनी त्यो पर्याप्त नभएको सुब्बाको भनाई थियो ।

निर्देशक मिलन चाम्सले ‘नाक्छोङ’को सुरुवात पितृहरुको सम्मान र सम्झनासहित सुरु भएकोले इतिहास रच्ने फिल्म बनोस् भन्दै शुभकामना दिए । उनले ‘नाक्छोङ’ जस्ता फिल्मले स्वदेशीको अलवा अन्तररास्ट्रिय बजारमा समेत प्रभाव जमाउन तागत राखे बताए ।

‘नाक्छोङ’का निर्माता ज्योतीराजले कार्यक्रममा सहभागी सबैप्रति आभार व्यक्त गर्दै ‘नाक्छोङ’ विजुवाको निर्माणको औचित्य राईको परम्परा जोगाएर पुस्तान्तरण गर्न रहेको बताए । हरेक चाड, विवाह, कुलपितृ, रीतिभेषभूषामा आवस्यक बिजुवाको संरक्षणका लागि फिल्म निर्माण गर्न लागेको बताए । ‘नाक्छोङ’ स्वदेशीको अलवा अन्तराष्ट्रिय फिल्म महोत्सवको लागि निर्माण हुन लागेको खुलाए । उनले भने, ‘अहिलेसम्मको अनुभव खन्याएर फिल्म उत्कृष्ट बनाउनेछु ।’

फिल्म किरण राईले निर्देशन गर्दैछन् । किरणले यसअघि ‘लुङा’ र ज्यापंचौ’ निर्देशन गरेका थिए । फिल्मको लेखनसमेत किरणले गरेका हुन् ।

याशेली योङ्हाङ, भुवन सिंह राई, सुस्मा सुब्बा, सरोज खालिङ, बबिन राई, अनुशा राई, सारा राई, त्रिचु राई, उत्तम राई, तयाहाङ राई, उदय सुब्बा कुरुम्बाङ, पूर्ण लिम्बु, दिनेश कोइराला, हेम दिलुङ्छा, बिनोद पोमो, प्रकाश सुब्बा लगायतको अभिनय रहने फिल्ममा बाबु श्रेष्ठको छायांकन रहने छ । फिल्मका मुख्य सहायक निर्देशक बारत लिम्बु रहेका छन् ।

फिल्मको छायांकन काठमाडौंको अलवा विराटनगर, मोरङलगायत पूर्वका विभिन्न स्थानमा हुनेछ । चलचित्र विकास बोर्डअन्तर्गतको आदिवासी, जनजाति, मातृभाषी प्रवर्द्धन समितिका संयोजकसमेत रहेका राईले यसअघि ‘लुङ्गा’, संगम, त्रिवेणी, पापी मान्छे, वान वे लगायत फिल्म निर्माण गरेका थिए ।

राईले केही अगाडि ‘सातौ बेलबारीआरजु राईस अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप’का लागि २ तोला सुन र २ किलो ५ सय ग्राम चादिको रनिङ ट्रफीसमेत प्रदान गरेका थिए ।