
पोखरा, ४ माग । राष्ट्रिय स्वतन्त्र पार्टीक सभापति रवि लामिछाने कास्की प्रहरीको हिरासतमा रहँदा हिरासतभित्र सुतेको तस्वीर सार्वजनिक गरेको आरोपमा दोस्रो पटक पक्राउ परेका डा. निकोलस भुसाल रिहा भएका छन् ।
उनी ५० हजार धरौटी बुझाएर रिहा भएका हुन् । उनलाई कास्की प्रहरीले विद्युतीय कारोबार ऐनविरुद्धको कसुरमा बिहीबार पक्राउ गरी शुक्रबार उनीविरुद्ध कास्की जिल्ला अदालतमा मुद्दा दर्ता गर्दै बयान र थुनछेक बहस भएको थियो ।
उनलाई न्यायाधीश शंकरबहादुर राईको इजलासले ५० हजार रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको हो ।









प्रतिक्रिया