
काठमाडौं, ४ माघ । नेकपा (एकीकृत समाजवादी) निकट पत्रकार संगठन समाजवादी प्रेस संगठन विघटन भएको छ ।
संगठनका अध्यक्ष लगायत पदाधिकारी एमाले निकट पे्रस चौतारी नेपालमा प्रवेश गरेसँगै समाजवादी प्रेस संगठन विघटन भएको हो ।
आज समाजवादी प्रेसका अध्यक्ष विश्वमणि सुवेदीसँगै संगठनका उपाध्यक्ष सविन शर्मा, महासचिव रामकुमार एलन, सचिव नेपोलियन चेपाङ, कोषाध्यक्ष कृपा भण्डारी, केन्द्रीय सदस्यहरू आशिष गुरागाईं, सौगात मिश्र, नरेन्द्र विष्ट पनि प्रेस चौतारीमा प्रवेश गरेका हुन् ।
उनीहरूलाई पार्टी महासचिव शंकर पोखरेल, स्थायी कमिटी सदस्य एवम् प्रचार विभाग प्रमुख राजेन्द्र गौतम र चौतारीका अध्यक्ष गणेश बस्नेतले स्वागत गरेका थिए।









प्रतिक्रिया