२४ असार २०८३, बुधबार

समाजवादी प्रेस सङ्गठनका अध्यक्ष सुवेदी निष्काशित, प्रेस चौतारी प्रवेश गर्दै

420
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ४ माघ । नेकपा (एकीकृत समाजवादी) निकट पत्रकार संगठन समाजवादी प्रेस सङ्गठन नेपालले अध्यक्ष विश्वमणि सुवेदी निष्काशन गरेको छ । उनलाई आज साधारण सदस्य समेत नरहने गरी निष्कासन गरिएको हो ।

सङ्गठनका वरिष्ठ उपाध्यक्ष नवराज छतकुलीले सुवेदीले लामो समयसम्म सङ्गठनको बैठक नबसाएको, नेपाल पत्रकार महासङ्घको निर्वाचनमा विपक्षी उम्मेदवारलाई सघाएको, आर्थिक हिनामिना गरेको तथा सङ्गठनका विरुद्ध निरन्तर गतिविधि गरेको भन्दै साधारण सदस्य समेत नरहने गरी निष्कासन गरिएको जानकारी दिए ।

यसैबीच सुवेदीसहितका सङ्गठनका नेताहरू एमाले निकट प्रेस चौतारीमा प्रवेश गर्ने तयारीमा छन् ।