
काठमाडौं, ४ माघ। पाठेघरको मुखको क्यान्सर बनाउने ह्युमन प्यापिलोमा भाइरसविरुद्धको एचपिभी खोप र बाँझोपनबीच कुनै सम्बन्ध नरहेकाले ढुक्कसँग खोप लगाउन अनुरोध गरिएको छ ।
स्वास्थ्य सेवा विभागको परिवारकल्याण महाशाखाअन्तर्गतको बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख डा. अभियान गौतमका अनुसार विश्व स्वास्थ्य सङ्गठनले करिव दुई दशक अघिदेखि प्रयोगका लागि अनुमति दिएको एचपिभी खोप हाल १४४ देशहरुको राष्ट्रिय खोप तालिकामा समावेश गरी किशोरीलाई दिँदै आएको बताएका छन् ।
यो खोपसम्बन्धी गरिएको विभिन्न अध्ययन अनुसन्धानले एचपिभी खोप र बाँझोपन बीच कुनै सम्बन्ध नरहेको देखाएको हुदा ढुक्क भएर एचपिभी खोप लगाउन सकिने जानकारी दिए ।
सरकारले यहि माघ २२ देखि फागुन ६ गतेसम्म एचपिभी खोप अभियानमा लगाउने खोप र बाँझोपनको कुनै सम्बन्ध नभएको प्रष्ट पारेका छन् भने यही माघ २२ देखि फागुन ६ गतेसम्म कक्षा ६ देखि १० सम्मका छात्राहरू र विद्यालय नजाने १० देखि १४ वर्ष उमेरका १६ लाख किशोरीलाई एचपिभी खोप दिँदैछ ।








प्रतिक्रिया