१० असार २०८३, बुधबार

राष्ट्रपतिद्वारा काठमाडौं–तराई मधेस द्रुतमार्गको निरीक्षण (तस्वीरहरू)

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ४ माघ । राष्ट्रपति रामचन्द्र पौडेलले निर्माणाधीन काठमाडौं–तराई मधेस द्रुतमार्ग (फाष्ट ट्रयाक) आयोजनाको निरीक्षण गरेका छन् ।

निरीक्षणका क्रममा भइरहेका काम कारबाही र प्रगतिबारे जानकारी समेत लिएका हुन् । उनले निर्माणाधीन सुरुङ, पुल र सडकको अवलोकन गर्नुका साथै आयोजना सम्पन गर्न भइरहेका प्रयास र प्रयत्नबारे आवश्यक जानकारी लिएका थिए ।

मुलुकका राष्ट्रिय गौरवका आयोजनामध्ये सबैभन्दा प्राथमिकतामा रहेको उक्त आयोजना नेपाली सेनाको व्यवस्थापनमा निर्माण भइरहेको छ ।

निरीक्षणपछि राष्ट्रपति पौडेलले आयोजनालाई तोकिएको समयावधिभित्र पूरा गर्न उच्च मनोबलका साथ काम गर्न सेनालाई निर्देशन पनि दिए ।

तस्वीरहरू-