१८ असार २०८३, बिहिबार

वडाध्यक्षसहित २ दर्जन नेता-कार्यकर्ता एमाले प्रवेश

910
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैतडी, ४ माघ । बैतडीमा वडाध्यक्षसहित दुई दर्जन नेता कार्यकर्ता नेकपा (एमाले) मा प्रवेश गरेका छन् ।

डिलासैनी गाउँपालिका वडा नम्बर ७ का अध्यक्ष प्रकाशमणि भट्ट, वडा सदस्य गणेश धामी, जनकराज जोशी, दीपक बहादुर धामी, भरतबहादुर भट्ट, खडकसिंह धामीसहित एक दर्जन नेता कार्यकर्ता एमालेमा प्रवेश गरेका हुन् ।

वडाध्यक्ष भट्ट स्वतन्त्र रूपमा निर्वाचित भएका थिए । यस्तै, एमालेमा प्रवेश गर्नेहरूमा सुन्दरसिंह धामी, नर ब बोहरा, गोपाल बोहरा, कुमार लोहार, सगरमणि भट्ट, दीपक बोहरा, कुमार लोहार, सगर वड, मानवीर जागरी, संकर बोहरा, जिमला बोहरा, देव बोहरा र अमर बोहरा रहेका छन् ।

उनीहरूलाई जिल्ला इन्चार्ज लिलाधर भट्ट, सुदूरपश्चिम प्रदेश सकारका भौतिक पूर्वाधारमन्त्री सुरेन्द्र पालले स्वागत गरेका थिए ।