
सिन्धुली, ४ माघ । काठमाडौँबाट जनकपुर जाँदै गरेको माइक्रो बस सिन्धुलीमा दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । ११ जना यात्रु घाइते भएका छन्।
मृत्यु हुनेमा जनकपुर उपमहानगरपालिका-१० घर भएका ५० वर्षीय निर्मल गुप्ता रहेका छन् । गएराति बा ३ ख ८४४५ नम्बरको माइक्रो बस बीपी राजमार्गमा पर्ने सुनकोशी गाउँपालिका वडा नम्बर–७ कानढुंग्रीमा दुर्घटनामा परेको थियो ।
गाडी गुडिरहेको बेला टायर पञ्चर हुँदा माइक्रो बस डिभाइडरमा ठोकिएर सडकबाट तल खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ।








प्रतिक्रिया