
काठमाडौं, ४ माघ । कामना सेवा विकास बैंकले सर्वसाधारणका लागि ३३ हजार ८५२ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ । यसमा जो कोही व्यक्ति, कम्पनी तथा विभिन्न संघ संस्थाहरुले आवेदन दिन सक्नेछन् ।
यसअघि विद्यमान संस्थापक शेयरधनीहरुले शेयर खरिद नगरेपछि यो शेयर सर्वसाधारण लगानीकर्तालेसमेत किन्न सक्नेगरी बिक्री खुला गरिएको हो ।
शेयर खरिद गर्न इच्छुक लगानीकर्ताले आजबाट ७ दिनभित्र आवश्यक कागजपत्रसहित बैंकको केन्द्रीय कार्यालय ज्ञानेश्वर, काठमाडौंमा निवेदन दिनुपर्नेछ ।








प्रतिक्रिया