
काठमाडौं, ३ माघ । सिक्टा सिँचाइ आयोजनाको भ्रष्टाचारमा माटोलाई दोष दिएर ठेकेदारलाई उन्मुक्ति दिने गरी विशेष अदालतको फैसलामा सर्वोच्चले पुनर्विचार गर्ने भएको छ ।
पूर्वमन्त्री समेत रहेका राप्रपा नेता एवं ठेकेदार विक्रम पाण्डे जोडिएको भ्रष्टाचार मुद्दामा सर्वोच्च अदालतले विपक्षी झिकाउन आदेश दिएको हो । आज न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ, सुनिल कुमार पोखरेलको संयुक्त इजलासले सिक्टा सिँचाइ आयोजनाको गुणस्तरहीन निर्माण कार्य गरी भ्रष्टाचार गरेको मुद्दामा विपक्षी झिकाउन आदेश दिएको हो ।
दिनभरका मुख्य–मुख्य समाचारका हेडलाइनहरू–








प्रतिक्रिया